
काठमाडौं । काठमाडौं महानगरपालिकाको सिप मेला सुरु भएको छ । पहिलो दिन बुधबार काठमाडौंको टुँडिखेलमा मेलाको उद्घाटन गरिएको छ ।
आज प्रशिक्षार्थीलाई अभिमुखीकरण गरिएको छ । त्यस क्रममा मास्टर सेफ सन्तोष साह, टेक उद्यमी कार्विका थापा, सिप मेलका सल्लाहकार रन्जित आचार्यसहितले अभिमुखीकरण गरेका थिए । मेलामा युवाहरूको उत्साहजनक सहभागिता थियो ।
महानगरले 'रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि' नारा दिएर तालिम दिँदै आएको छ ।
हेर्नुहोस् तस्बिरहरू
प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२ १८:३४
प्रतिक्रिया दिनुहोस्