राजनीति
काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)की उमेदवारको अग्रता कायमै छ ।
आइतबार भएको उपनिर्वाचनपछि जारी मतगणनामा माओवादीकी निम लेकी शेर्पाले एक हजार ३८० मतसहित अग्रता कायम गरेकी हुन् ।
उनका प्रतिस्पर्धी नेकपा (एमाले)की उमेदवार उमा लुगेंलीमगर शेपाले एक हजार १३ मत ल्याएकी छन् । नेपाली कांग्रेसकी उमेदवार पासदिकी तामाङले ७९६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की गोमा श्रेष्ठले ६०, नेकपा (एकीकृत समाजवादी)की रविना खड्काले ३१ मत ल्याएकी छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ १६:५९
प्रतिक्रिया दिनुहोस्