site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वार्षिक १२ करोडको छपाइ प्रज्ञा छापाखानाबाटै गर्ने पर्यटन मन्त्रालयको निर्णय

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयअन्तर्गतका सबै निकायको छपाइ अब प्रज्ञा छापाखानाबाट गर्ने निर्णय गरेको छ ।

मन्त्रालयमा आइतबार मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले मन्त्रालय सम्बद्ध निकायहरूबाट गरिने छपाइसम्बन्धी काम नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा छापाखानाबाट गर्ने निर्णय गरेको हो ।

बैठकले प्रज्ञा छापाखानाको क्षमताअनुरूप गर्न सकिने छपाइका कामहरूको विवरणसहितको जानकारी र प्रतिष्ठानको छपाइसम्बन्धी कार्यविधिमा उल्लेखित सबै निकायलाई प्रतिष्ठानले लेखी पठाउने निर्णय गरेको छ ।

मन्त्रालयको निर्णयसँगै हाल कुल सञ्चालन क्षमताको १५ प्रतिशतमात्र सञ्चालित छापाखाना पूर्ण क्षमतामा सञ्चालनमा आउने छ । यो निर्णयपछि वार्षिकरूपमा १२ करोड रुपियाँ बढीको छपाइ प्रज्ञा छापाखानाबाटै हुने र राज्यको तीनदेखि चार करोड जोगिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro