site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘डिशहोम १२खरी कथा प्रतियोगिताका उत्कृष्ट २५ कथा नेपाली साहित्यलाई हेर्ने आँखीझ्याल
Tiktok banner adTiktok banner ad

काठमाडौं । १२खरी उत्कृष्ट कथामा संग्रहीत कथा नेपाली समाजको दर्पण भएको बक्ताहरूले बताएका छन् । १२खरी कथा प्रतियोगिताको छैटौँ संस्करण ‘डिशहोम १२खरी कथा प्रतियोगिता—२०८१’को विजेता घोषणा कार्यक्रमका वक्ताहरूले १२खरी उत्कृष्ट कथासंग्रहले समकालीन नेपाली समाज बोलेको बताए । 

१२खरी कथा प्रतियोगिताको छैटौँ संस्करण ‘डिशहोम १२खरी कथा प्रतियोगिता—२०८१’को निर्णायक मण्डल संयोजक प्रा.डा. ज्ञानु पाण्डेले बाह्रखरी प्रतियोगिता नयाँ प्रतिभाका लागि प्ररेणाको स्रोत भएको बताइन् ।  

“यो साहित्यिक कदम कथा साधकहरूका लागि सम्मान र प्रेरणा जगाउने माध्यम हो । नवोदितहरूका लागि ठूलो प्रेरणा हो,” उनले भनिन्, “साहित्य आर्थिक, राजनीतिक, मनोवैज्ञानिक सबै क्षेत्रको प्रतिनिधित्व गर्ने क्षेत्र हो । अन्य विधामा पनि बाह्रखरीले जस्तो अभ्यास होस् ।”

बाह्रखरीका उत्कृष्ट २५ कथा नेपाली साहित्यलाई हेर्ने आँखीझ्याल भएको उनको भनाइ छ । बाह्रखरीले कथा छनोटका लागि बनाएको प्रक्रिया गजव रहेको उनले बताइन् । 

“उत्कृष्ट २५ मा परेका कथा कसका हुन् र लेखक को हुन् भन्ने हामी निर्णायकहरूलाई नै थाहा छैन,” उनले अगाडि थपिन्, “कथासंग्रह विमोचनको स्टेजमा उभिएर बोल्दा पनि हामीलाई कुन कथा प्रथम भयो भन्ने थाहा छैन ।” 

बाह्रखरी कथाका सम्पादक नयनराज पाण्डेले कथा लेखनको शैलीमा परिपक्वता आउँदै गएको बताए । भविश्यमा यसले नेपाली साहित्यलाई विशिष्ट स्थानमा पुर्याउने उनको विश्वास छ । 

“सुन्दर कथा संग्रहका रूपमा बाह्रखरी कथाको नयाँ संस्करण आएको छ । भविश्यका नेपाली कथाकारहरूप्रति म आशावादी छु,” उनले भने । 

डिशहोम मिडियाका निर्देशक हेमराज ढकालले बाह्रखरी कथा प्रतियोगिताले नेपाली मिडियामा नयाँ आयाम थपेको बताए । मिडियाले कथा प्रतियोगिता आयोजना गरेर नयाँ सन्देश दिइरहेको उनको भनाइ छ । 

ढकालले बाह्रखरी मिडियाले पठनसंस्कृति विकास गरिरहेको बताए । “पठनसंस्कृति नभएको समाज सभ्य हुँदैन । पठनसंस्कृति आवश्यक रहेको र त्यो काम बाह्रखरीले गरेको छ,” उनले भने । 

सामाजिक सञ्जालमा भुलिएर पठन संस्कृति न्यून हुँदै गएको सन्दर्भमा यो प्रतियोगिता कोसेढुंगा हुने उनको विश्वास छ । यस्ता प्रतियोगिता र कार्यक्रम आगामी दिनमा पनि हुँदै जानुपर्ने बताए । साहित्य समाज बुझ्ने माध्यम भएको उनको भनाइ छ ।

कन्दरा ब्यान्ड भोकलिष्ट विवेक श्रेष्ठले साहित्यसँग संगीत जोडिएको बताए । संगीतमा साहित्य जोडिएर मात्रै नहुने भन्दै उनले संगत पनि हुनुपर्नेमा जोड दिए । 

साहित्य सरल रुपमा प्रस्तुत गरेर संगीतमा ल्याउनुपर्नेमा उनको जोड छ । कन्दरा ब्यान्ड साहित्यकारसँग सहकार्य गर्न तयार रहेको उनले बताए । 

बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले सातौँ संस्करणबाट बाह्रखरी कथा प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिने बताए ।  यद्यपि, उनले पुरस्कार राशि कति बढाउने त्यो भने खुलाएनन् । 

बाह्रखरी कथा प्रतियोगिताले वर्तमान नेपाली समाजको इतिहास जोगाउने काम गरेको बताए । “संसारभरका नेपाली जो अर्को पुस्तादेखि नेपाली रहँदैनन्, उनीहरूलाई पनि नेपाली भाषा र साहित्यसँग जोडिरहने प्रयत्न बाह्रखरी कथा प्रतियोगिताको हो,” उनले भने । 

बाह्रखरी कथा प्रतियोगितामा आएका सबै कथा समाजको दर्पण भएको प्रधान सम्पादक प्रधानको भनाइ छ । “अहिले छानिएका पहिलो, दोस्रो र तेस्रो तथा उत्कृष्ट २५ कथा समाजका दर्पण हुन्,” उनले अगाडि थपे, “प्रतियोगितामा प्राप्त ९३७ सबैमा केही न केही समाजका विषय छन् ।” 

बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro