राजनीति
काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा आइतबार बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले बिहान ११ बजेसम्ममा २५ प्रतिशत मत खसेको विवरण प्राप्त भएको बताइन् ।
“बिहान ११ बजेसम्ममा २५ प्रतिशत मत खसेको विवरण प्राप्त भएको छ । केही ठाउँबाट विवरण अपडेट हुन बाँकी छ,” उनले बाह्रखरीसँग भनिन् ।
स्थानीय तहमा रिक्त ४१ पदका लागि बिहान ७ बजेदेखि मतदान जारी छ । साँझ ५ बजेसम्म मतदान गर्न पाइनेछ । मतदान सकिएलगत्तै वडाहरूको मतगणना सुरु गर्ने तयारी छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१ ११:२३
प्रतिक्रिया दिनुहोस्