site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कस्तो रह्यो एनपीएलको पहिलो दिन ? दुई विदेशी ब्याटरको अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा विराटनगर किंग्स् र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदा क्रिजमा कुल १५ जना ब्याटिङमा आए । जसमा नौ नेपाली र ६ विदेशी ब्याटर थिए ।

पहिलो दिनको खेलमा विराटनगर र जनकपुरका खेलाडीले समग्रमा कुल २५८ रन बनाए । जसमा दुई अर्धशतक सामेल छन् । यी दुवै अर्धशतक विदेशी खेलाडीबाट आएको थियो । मध्यम योगफलको खेलमा दुवै टिमका अरु ब्याटर भने संघर्षरत देखिँदा नेपाली ब्याटरको प्रदर्शन भने झनै निराशजनक रह्यो ।

शनिबारको खेलमा नेपालका नौ ब्याटरमध्ये कोही पनि दोहोरो अंकमा रन जोड्न सफल भएनन् । खेलको पहिलो इनिङमा विराटनगरबाट सात र जनकपुरबाट दुई नेपाली ब्याटर ब्याटिङ गर्न क्रिजमा उत्रिए । तर, कसैको पनि व्यक्तिगत स्कोर १० रन पुग्न सकेन ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“विकेट सहज छैन भन्ने सुरुदेखि नै बुझेका थियौँ । विदेशी खेलाडीले विकेटको यो स्थितिलाई बुझेर समय लिँदै खेले । हामीले पनि समय लिन सकेको भए रन बन्थ्यो । तर, त्यसो गर्न सकेनौँ । हामीले क्रिजमा टिकेर खेल्न विदेशी खेलाडीबाट सिक्नुपर्छ,” खेलपछि जनकपुरका कप्तान अनिल साहले ब्याटिङमा संघर्ष गरिरहेका नेपाली खेलाडीले विदेशी खेलाडीबाट सिक्नुपर्ने बताउन कन्ज्युस्याइँ गरेनन् ।

TU-Cricket-ground-1733012018.jpg
गप्टिल र मिलान्थाको अर्धशतक, नेपाली ब्याटरको उच्च स्कोर सात रन

कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा भरिभराउ दर्शकमाझ जनकपुरले टस जित्दै फिल्डिङको निर्णय लियो । र, विराटनगरलाई ब्याटिङमा निम्त्यायो ।

जनकपुरका बलरसामु निरीह देखिएको विराटनगरबाट ओपनर मार्टिन गप्टिलबाहेक अन्यको प्रदर्शन उल्लेख्य रहन सकेन । विराटनगरले दोस्रो ओभरको पहिलो बलमा पहिलो विकेट गुमायो । जतिबेला पूर्वेली टोलीको स्कोरबोर्डमा ६ रनमात्रै थियो । अन्तिम विकेट गुमायो, १९औँ ओभरमा । स्कोरबोर्डमा थियो १२७ रनमात्रै ।

cricket-1732950684.jpg
एक एन्डबाट लगातार विकेट गइरहँदा अर्कोतर्फ अनुभवी न्युजिल्यान्डका ब्याटर गप्टिल अडिक रहे । १–६ को स्थितिबाट गप्टिलले दोस्रो विकेटका निम्ति ओमानका अकिब इल्याससँग ४७ रनको साझेदारी गर्दै विराटनगरको स्कोरबोर्डलाई लयमा फर्काउने प्रयास गरेका थिए । यसमा गप्टिलले केहीबेर इल्यासले साथ पनि दिए । तर, स्कोरबोर्डमा ५३ रन हुँदा इल्यासलाई गुमाएपछि भने विराटनगरको विकेटपतन शृंखला रोकिएन ।

इल्यास आउट भएपछि सन्दीप लामिछाने नेतृत्वको टोलीले मध्यक्रम र न्युनक्रमबाट ब्याटरबाट सम्हालिदो साथ पाएन । यसपछि टोलीले ७४ रन जोड्दा बाँकी आठ विकेट गुमायो । विराटनगरले चौथो विकेटको रूपमा गप्टिललाई गुमाउँदा स्कोरबोर्डमा ९६ रन थियो । तर, यसपछि ३१ रन जोड्दा बाँकी ६ विकेट गुमायो ।

गप्टिलले ५५ रन बनाए । एनपीएलमा अर्धशतक बनाउने पहिलो ब्याटर बनेका गप्टिलले ४३ बलमा सात चौका र एक छक्का प्रहार गरे ।

gahtil-1732953869.jpg
विराटनगरबाट मध्यक्रममा आएका क्यानेडियन खेलाडी निकोलस किर्टोन नौ रनमै पभेलियन फर्किए । त्यसअघि विराटनगरले ओपनर लोकेश बमलाई पाँच रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो ।

विराटनगरबाट मध्यक्रममै आएका बसिर अहमेदले सात रन मात्र थपे । राजेश पुलाीम एक रनमै पभेलियन फर्किए । अलराउन्डर प्रतिश जिसी र कप्तान सन्दीप लामिछानेले पनि क्रिजमा लामो समय बिताउन सकेनन् । उनीहरू क्रमशः दुई र सात रन बनाउँदै जनकपुरका बलरलाई विकेट दिए । स्कटिस ब्याटर क्रिस सोलले पनि चार रन मात्रै थपे । जितेन्द्र मुखियाले स्कोरबोर्डमा एक रन पनि थप्न सकेनन् । उनी ‘गोल्डेन डक’ भए । ११औँ नम्बरमा ब्याटिङमा निम्ति क्रिज छिरेका अनिल खरेल सात रनमा अविजित रहे ।

ब्याटिङमा कमजोर रहे पनि बलिङतर्फ भने नेपाली बलरको प्रदर्शन सन्तोषजनक रह्यो । पहिलो इनिङमा जनकपुरका ललितनारायण राजवंशीले तीन विकेट लिए । उनले लोकेशलाई बोल्ड गरे । बसिरलाई कप्तान अनिलबाट क्याच गराउँदा प्रतिशलाई पनि बोल्ड नै गरे ।

किशोर महतोले दुई विकेट लिए । उनले विराटनगरका कप्तान सन्दीप र जितेन्द्र मुखियालाई पभेलियनको दिशा देखाए । हर्ष थाकेरले दुई विकेट लिए । क्यानडाका थाकेरले मार्टिन गप्टिल र किर्टोनको विकेट लिएका थिए । बेन माइक र मोहमद मोहसिनको नाममा समान एक विकेट रह्यो । माइकले विराटनगरका क्रिस सोल र मोहसिनले अकिब इल्यासको विकेट लिए ।

दोस्रो इनिङ– राष्ट्रिय टिमका दुई ओपनरको निराशजनक प्रदर्शन

विराटनगरविरुद्ध सहज जित निकाले पनि जनकपुरको सुरुआत भने राम्रो रहेन । राष्ट्रिय टिमका दुई ओपनर ब्याटर आसिफ सेख र अनिल साह ओपनिङ जोडीको रूपमा क्रिजमा आएका थिए । तर, यी दुवै ब्याटर दोस्रो इनिङको १२ बलपछि नै पभेलियन फर्किए ।

जनकपुरको नेतृत्व गरिरहेका अनिलले पाँच रन बनाए । ‘मार्की’ खेलाडी आसिफ भने ‘डक’ भए । तीन बलको मात्रै सामना गरे । आसिफलाई विराटनगरका क्रिस सोलले र कप्तान अनिललाई प्रतिश जिसीले बोल्ड गरेका थिए ।

दोस्रो ओभर समाप्त हुँदा १५–२ को कठिन स्थितिमा थियो, जनकपुर । तर, यसपछि ब्याटिङका निम्ति आएका दुई विदेशी ब्याटरले जनकपुरलाई जितसम्म डोहोर्‍याए । जसमा थिए, श्रीलंकमूलका विकेटकिपर ब्याटर लहिरु मिलान्था र क्यानडाका हर्ष थाकेर ।

462561151_546101881543422_4793825314366092050_n-1733012016.jpg
यी दुईले दोस्रो विकेटका निम्ति ११६ रनको साझेदारी गर्दा जनकपुरले १५.३ ओभरमा दुई विकेट गुमाएर १३१ रन बनायो । प्रतियोगितामा अर्धशतक बनाउने दोस्रो ब्याटर बनेका मिलान्थाले समय लिँदै ५३ खेले । यसक्रममा उनले नौ चौका र तीन छक्कासहित अविजित ७५ रन जोडे । मिलान्थालाई बलियो साथ दिएका थाकेरले ३३ बलमा दुई चौकासहित २९ रन बनाए ।

जितमा प्रफुल्लित अनिल, नेपाली समर्थक देख्दा दंग गप्टिल
सुरुआत कठिन रहे पनि जित सहज निकालेपछि जनकपुरका कप्तान अनिल प्रफुल्लित देखिए । प्रतियोगिताको अघिल्लो दिन ‘भोलि खेलमा नै रणनीति देखाउँला’ भनेका अनिलले खेलपछि टिम योजनाअनुसार प्रदर्शन देखाउन सफल भएको बताए ।

“पहिलो जितको आशा सबै टिमले गरेको हुन्छन् । पहिलो खेलमा दुई अंक लिन पाउँदा टिमका सबै खेलाडी उत्प्रेरित छन् । सबै खेल महत्त्वपूर्ण छन् । प्रतियोगिताका सबै टिम राम्रो छन् । यसले पनि अंक लिनु महत्त्वपूर्ण छ,” अनिलले भने, “योजनाअनुसार हामीले सामान्य क्रिकेट खेल्यौँ । आफ्नो उत्कृष्ट दियौँ । विदेशी खेलाडी आए पनि नआए पनि प्रतियोगिताका कुनै पनि टिम कमजोर छैनन् ।”

anil-kumar-shah1-1732976479.jpg
पहिलोपटक नेपाली फ्रेन्चाइजको अनुभव लिइरहेको न्युजिल्यान्डका पूर्वआक्रामक ब्याटर गप्टिल भने त्रिविमा समर्थकको भिड देख्दा दंग रहे । नेपाली समर्थकको क्रिकेट लगावबाट चकित बनेका गप्टिल उनीहरूको खुलेरै तारिफ गरे ।

“आज समर्थकको उपस्थिति ठूलो थियो । मैले यसमा निकै रमाइलो गरेँ,” उनले भने, “मैले नेपालीले क्रिकेट मन पराउँछन् भन्ने सुनेको थिएँ, आज देखेँ । काठमाडौंमा क्रिकेट खेल्न पाउँदा खुसी छु । आजभन्दा अघि नेपाली समर्थक देखेको थिइनँ, आज यहाँ देख्न पाएँ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  ०६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro