site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । हिउँद लागेसँगै आगलागीका घटना बढ्न थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, पछिल्लो २४ घण्टामा देशका विभिन्न १० स्थानमा आगलागी भएको छ । उक्त आगलागीमा परेर तीनजना घाइते भएका छन् । आगलागीबाट सात लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

चिसो बढेसँगै आगो ताप्ने क्रम बढेको र सोही क्रममा आगलागीका घटना पनि बढ्न थालेको, कतिपय ठाउँमा सावधानी नअपनाउँदा आगलागी भएको र कतिपय स्थानमा भने विद्युत् चुहिएर आगलागी भएको पाइएको छ ।

प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले हिउँद लागेसँगै आगलागीका घटना बढ्न थालेकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेका छन् । नेपालमा आगलागीबाट बर्सेनि अर्बौंको क्षति हुँदै आएको छ । मानवीय क्षति पनि हुने गरेको छ । हाल दैनिकजसो नै आगलागीका घटना दोहोरिँदै आएको छ ।

प्राप्त विवरणानुसार, पछिल्लो २४ घण्टामा झापा, मोरङ, सुनसरी, सप्तरी, बारा, काठमाडौं, भक्तपुर र पर्वतमा आगलागीका घटना भएको छ । आगलागीबाट झापामा एक, बारामा एक र पर्वतमा एक गरी तीनजना घाइते भएका पनि प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार, गएको वैशाखदेखि कात्तिकसम्म दुई हजारभन्दा बढी आगलागीका घटना भएको र ती घटनाबाट ६६ जनाको मृत्यु भएको थियो । आगलागीबाट एक अर्बभन्दा बढीको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  २१:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro