site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जब दीपक–दीपाले १५ हजार माग्दा योगेश्वरले १५ सय दिए...

काठमाडौं । ‘दसैँ नै हो कि यो मेरो दशा फर्की आएको...’ यो गीत नसुन्ने त सायद कमै होलान् । करिब तीन दशक पुरानो यो गीतमा योगेश्वर अमात्यको स्वर छ । 

प्रेम बस्नेतको शब्द रहेको यो गीतमा न्ह्यू बज्राचार्यले संगीत गरेका छन् । गीत जसरी आम चलनचल्तीको भन्दा फरक छ, संगीत पनि फरक नै छ । गीतको एरेन्ज जेम्स प्रधानले गरेका छन् । 

यो गीतमा गायकको आवाजसँगै अन्य आवाज पनि छन् । बच्चाको आवाज छ । ‘रामेका बा र आमा’को आवाज छ । जो श्रीमान् श्रीमती भएर गीतमा आवाज दिएका छन् ।  

केटाकेटीको आवाज दिनेमा योगेश्वर अमात्यकै छोराछोरी, जेम्स प्रधानका छोरी हुन् । बाँकी स्टुडियोबाहिर स्कुल जाँदै गरेका साना विद्यार्थीलाई समेत स्टुडियोमा लगेर बोल्न लगाइएको थियो । 

रामेका बा र आमाको स्वर भने अहिलेका बहुचर्चित कलाकारको हो । रामेका बा बनेर बोल्ने दीपकराज गिरी हुन् भने आमा दीपाश्री निरौला ।  

“त्यो समय रेडियो नेपालमा दीपकराज गिरी र दीपाश्री निरौलाको लोकप्रिय कार्यक्रम थियो । त्यो कार्यक्रममा उनीहरू धनिया र रामबिलासको रूपमा जोडी थियो,” बाह्रखरीसँग जेम्स प्रधान भन्छन्, “उहाँहरू बोलाइयो । आउनु पनि भयो ।” 

रेकेर्ड सकिएपछि योगेश्वर अमात्यले पारिश्रमिक कति दिनुपर्छ भनेर सोधे । “उहाँहरूले १५ दिनुन भन्नुभयो । योगी दाइले खल्तीबाट निकालेर १५ सय दिनुभयो,” जेम्सले भनेका छन्, “पैसा दिएपछि उहाँहरू के गरौँ के गरौँ भएर मुखामुख गर्नुभयो । उहाँहरूले १५ हजार भन्नु भएको रहेछ । योगी दाइले १५ सय भन्ठानेर त्यति दिनुभयो । पछि उहाँले १५ हजार नै दिनुभयो ।” 

अहिले पनि योगेश्वर अमात्यले उक्त प्रसंग बेलाबेलामा सम्झएर त्यो बेलाको गलत बुझाइबारे बताउने गरेको जेम्स बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro