site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अशान्ति सिर्जना गर्न खोज्नेविरुद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन
Tiktok banner adTiktok banner ad

नुवाकोट । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले समाजमा अशान्ति सिर्जना गर्न खोज्नेविरुद्ध कडा रूपमा प्रस्तुत हुन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोट परिसरमा नवनिर्मित भगवती मन्दिर र नागरिक सहायता कक्ष भवनको शनिबार उद्घाटन गर्दै उनले समाजमा अशान्ति र अराजकता फैलाउने आपराधिक समूहका क्रियाकलाप नियन्त्रण गर्दै नागरिकको स्वतन्त्रता निश्चित हुने कर्तव्य पूरा गर्न प्रहरी कर्मचारीको ध्यानाकर्षण गराए ।

“समाजमा गैरकानुनी र अनैतिक कार्य गर्ने व्यक्ति तथा समूह एवं सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्तिहरूविरुद्ध खरो रूपमा प्रस्तुत हुन प्रहरी सदैव तयारी अवस्थामा बस्नुपर्छ,” उनले भने, “कुनै किसिमको दबाब र प्रभावमा नपरी उत्कृष्ट कार्यसम्पादन गर्न कटिबद्ध भएर आफ्नो साख जोगाउन लाग्नुहोस् ।”

सीमित साधनस्रोतबाट नै प्रहरीले आफ्नो शतप्रतिशत योगदान दिने प्रयास हरदम जारी राखेकाले अभाव, दबाब र प्रभावमा नपर्नका निम्ति प्रहरी कर्मचारीलाई महानिरीक्षक कुँवरले सचेत गराए ।

प्रत्याशित वा अप्रत्याशित रूपमा आएका वा आउन सक्ने विपद्जन्य घटना सबैको चुनौतीका रूपमा रहेको हुँदा त्यसको सामनाका निम्ति सुरक्षा निकायको सुदृढ तयारीका साथै सरोकारवालाबीचको सामूहिक प्रयास, ऐक्यबद्धता र प्रभावकारी समन्वय अपरिहार्य आवश्यक रहेको उनले बताए ।

आसन्न स्थानीय तहको उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा चुनौती तथा जोखिमको विश्लेषण गरी ‘निर्वाचन सुरक्षा योजना’ निर्माण गर्न तथा कार्यान्वयनको निमित्त तयारी अवस्थामा रहन उनले मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  २१:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro