site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नयाँ पार्टी गर्भैबाट भ्रष्टाचार बोकेर आएको जस्तो : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विदेशीको इसारामा सरकार बन्छ र ढल्छ भन्नु जनतामाथिको अपमान भएको बताएका छन् । पार्टी पुनर्गठन दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित सभामा उनले नेपालको सरकार विदेशी शक्तिले ढाल्ने र बनाउने नेताहरूको व्याख्या जनतामाथिको धोका भएको बताएका हुन् ।

सरकार बनाउनका निम्ति जनता चुनावमा सहभागी हुने गरेको उनले उल्लेख गरे । हाल मुलुकको अवस्था अस्तव्यस्त रहेको र सरकारले जनताका पक्षमा काम गर्न नसकेको उनले आरोप लगाए ।

Dabur Nepal
NIC Asia

प्रधानमन्त्रीको काम सरकार ढल्दैन भन्ने मात्र रहेको उनले बताए । उनले वर्तमान सरकार रातको १२ बजे पनि ढल्न सक्ने आभास जनतालाई भएको उनले उल्लेख गरे ।

हाल भ्रष्टहरूले नै सडकमा नारा लगाउने काम गरिरहेको उनले टिप्पणी गरे । त्यसरी उनीहरूका भ्रष्टाचारलाई ढाकछोप गर्ने प्रयास गरिएको विप्लवले बताए ।

“यहाँ रमाइलो कुरा तपाईं हेर्न पाउनुहुन्छ, भ्रष्टचारीहरूको जुलुस निस्किन्छ, भ्रष्टाचारीहरूकै डन्डा बर्सिन्छ । भ्रष्टाचारीहरूकै देशमा भाषण चल्छ,” उनले भने, “भ्रष्टाचारीहरूकै ठूलठूला कोकोहोलो सुन्न पाइन्छ ।”

उनले अगाडि भने, “यो भ्रष्टाचार भनेको यस्तो रोग छ, नयाँ मान्छे त जन्मिएका छन्, पार्टी पनि जन्मेका छन्, तर गर्भैबाट भ्रष्टाचार बोकेर आएको जस्तो – यो पनि सुनिँदै छ ।”

उनले ऋणको त्रास देखाएर बीआरआई परियोजना रोक्ने र एसपीपी सम्झौता गर्ने षड्यन्त्र भइरहेको जिकिर गरे । हिमालयन टेली भ्वाइस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro