site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘जीवनको उत्पत्ति र विकासमा वेदान्त–विज्ञानबीच संवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं । जीवनको उत्पत्ति र क्रम विकासमा वेद–वेदान्त र विज्ञानबीच संवाद विषयक अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । शनिबार काँडाघारीस्थित अक्षरा स्कुलमा दुईदिने प्रथम अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको हो ।

सम्मेलनलाई कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्कीले उद्घाटन गरेका थिए । उद्घाटनसत्रमा मेयर कार्कीले पितापुर्खाले सिकेको गुरुकुल शिक्षा र संस्कृति अहिले हराउँदै भएको बताए । उनले फेरि पुरानै गुरुकुल शिक्षालाई बिउँत्याउनुपर्ने आवश्यकता देखिएको बताए । 

Dabur Nepal
NIC Asia

सम्मेलनले वेद वेदान्त र विज्ञानका बारेमा गहन जानकारी दिएर अहिलेको पुस्तालाई उचित मार्ग प्रदान गर्न कार्यपत्र प्रस्तुत गर्ने उनको विश्वास छ । 

दुई दिनसम्म संचालन हुने सम्मेलनमा विभिन्न ३५ देशका ४० भन्दा धेरै प्रतिनिधिको सहभागिता छ । 

जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त र विज्ञानबीचको संवाद विषयक प्रथम अन्तर्राष्ट्रिय सम्मेलनमा सनातन संस्कृतिभित्रका अनुकरणीय विषयलाई विज्ञानसँग जोडेर छलफल हुनेछ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro