site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अवैध पेस्तोलसहित पक्राउ परेका दुई सैनिक जनही एक–एक लाख धरौटी बुझाएर थुनामुक्त
Tiktok banner adTiktok banner ad

काठमाडौं । अवैध पेस्तोलसहित पक्राउ परेका नेपाली सेनाका दुई सिपाहीलाई जिल्ला अदालत काठमाडांैं धरौटीमा छोड्ने आदेश गरेको छ । कार्तिक १० गते काठमाडौंको नागार्जुन नगरपालिका–१०, रानीवनबाट प्रहरी वृत्त स्वयम्भुको टोलीले दैलेखको भगवतीमाई गाउँपालिका–७ का २४ वर्षीय अनिल खड्कालाई पेस्तोलसहित पक्राउ गरेको थियो ।

उनी सेनाको श्री खड्कदल गण रामेछाप दरबन्दी भई सैनिक अस्थाई निवेस बारुदखानामा कार्यरत थिए । वृत्त स्वयम्भुको विशेष टोलीले गोप्य सूचनाका आधारमा खड्काको कोठाबाट ‘मेड इन अमेरिका’ लेखिएको पेस्तोल बरामद गरेको थियो ।

खड्कामाथि अनुसन्धान गर्दै जाँदा घटनामा खड्कदल गण रामेछापमै कार्यरत अर्का सिपाही नवलपरासीका २६ वर्षीय संघर्ष सिंह महतोको समेत संलग्नता खुलेको थियो ।

उनलाई समेत रामेछापबाट प्रहरीले काठमाडौं झिकाएको थियो । उनीहरू दुवैजनाविरुद्ध प्रहरीले हातहतियर खरखजान मुद्दा चलाएको थियो ।

प्रहरीकै प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हातहतियर खरखजान मुद्दामा सोमबार अदालतमा मुद्दा दर्ता गराएको थियो । बिहीबारको थुनछेक बहसपछि भने जिल्ला अदालत काठमाडौंले उनीहरू दवैजनाबाट जनही एक÷एक लाख रुपैयाँ धरौटी लिएर छोड्ने आदेश गरेको हो ।

हातहतियार मुद्दामा सेनाको गणबाट नै प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको यो नै पहिलो घटना हो । पक्राउ परेका दुवैजनालाई सैनिक अदालतले समेत छुट्टै कारबाही गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro