site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्वास्थ्य सेवाका कर्मचारीलाई निजामती विधेयकमा समेट्नुपर्छ : सांसद भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सांसद गोपाल भट्टराईले स्वास्थ्य सेवाका कर्मचारीका माग समेत संघीय निजामती सेवा विधेयकमा समेट्नुपर्ने बताएका छन् । सोमबार (भदौ २) बसेको राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले विधेयकमा साना तथा निजामती सेवाबाहिरका कर्मचारीलाई पनि समेटेर अघि बढ्नुपर्ने धारणा राखे । विधेयकले संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने उद्देश्य बोकेको उनले उल्लेख गरे ।

दफावार छलफलमार्फत विधेयकलाई थप समृद्ध बनाउन जरुरी रहेकामा उनले जोड दिए । 

उनले ‘कुलिङ अफ पिरियड’बारे थप छलफल गर्नुपर्ने धारणा राखे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १३:२२
प्रतिक्रिया दिनुहोस्