site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन महिनामा चार खर्ब रेमिट्यान्स भित्रियो, एक लाख ७० हजारले लिए श्रम स्वीकृति
फाइल तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा चार खर्ब सात अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

असोज मसान्तसम्म विप्रेषण आप्रवाह गत वर्षको तुलनामा ११.५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो ।

यो अवधिमा वैदेशिक रोजगारीका निम्ति अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख १० हजार ६५४ छ । पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९३९ छ । दुवै गरी यो अवधिमा एक लाख ७० हजार ५९३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख १३ हजार ३९७ र ४९ हजार २९७ थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro