site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनसेल बन्यो नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को ‘पावर्ड बाई’ प्रायोजकमा एनसेल नियुक्त भएको छ । यसका लागि एनसेल र नेपाल क्रिकेट संघ (क्यान)बीच सम्झौता भएको छ ।

एनसेलले नेपाली क्रिकेटप्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीय क्रिकेट प्रतिभाहरूको विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ । व्यावसायिक फ्रेन्चाइजमा आधारित टी–२० प्रतियोगिता एनपीएलमा एनसेल ‘पावर्ड बाई’ साझेदारको रूपमा आवद्ध भएको छ ।

यसका लागि गत हप्ता एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र क्यानका सचिव पारस खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

यो सहकार्य ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको एनसेलले बताएको छ ।

अन्तर्राष्ट्रिय खेलाडी सम्मिलित प्रतियोगिता स्टार स्पोट्स च्यानलमार्फत प्रत्यक्ष प्रसारण हुनेछ ।

यो प्रायोजनले एनसेलको खेलसँगको सम्बन्धलाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ । साथै, खेलकुद र नेपालसँगको अटुट सम्बन्ध रहेको पनि जनाएको छ । 

“यू–१९ महिला क्रिकेट टोलीले पहिलोपटक आईसीसी महिला यू–१९ टी–२० विश्वकपका लागि छनोट भएको उल्लेखनीय उपलब्धि लगत्तै हामी नेपाल प्रिमियर लिगका लागि क्यानसँग ‘पावर्ड बाई एनसेल’ साझेदारी घोषणा गर्न पाउँदा अत्यन्त खुसी छौँ,” जाब्बोरले भनेका छन् ।

WhatsApp-Image-2024-11-19-at-1.35.29-PM-1732004079.jpeg
 

मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिमका १६० खेलाडी कुल ३२ रोमाञ्चक खेलमा समावेश हुनेछन् ।

सबै खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछ । आठ टिमले राउन्ड–रोबिन फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन् । जसमा प्रमुख सहरहरू विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा र सुदूरपश्चिमलाई प्रतिनिधित्व गर्ने टिमहरू छन् ।  

“एनपीएलको लक्ष्य भनेको क्रिकेट र हाम्रा खेलाडीहरूको विकासमा सहयोग गर्नु हो । त्यसैगरी, हामी एनपीएललाई विश्वकै प्रतिष्ठित क्रिकेट लिगमध्ये एकको रूपमा स्थापना गर्न पनि चाहन्छौँ र यस दीर्घकालीन लक्ष्य पछ्याउँदै गर्दा खेलकुदको विकास र प्रवर्धनलाई निरन्तर समर्थन र साथ दिइरहेको एनसेलसँग यो सहकार्यका गर्न पाएकोमा हामी एनसेलप्रति आभारी छौँ,” सम्झौतापछि क्यानका अध्यक्ष खड्काले भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro