site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व

काठमाडौं । देशभरका मालपोत कार्यालयले  कात्तिकमा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ बराबरको राजश्व संकलन गरेका छन् । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व संकलनको प्रवृत्तिले देखाएको छ । 

असोज महिनाको तुलनामा कात्तिकमा राजस्व संलनमा गिरावट आएको हो । असोजमा तीन अर्ब आठ करोड १२ लाख ४१ हजार ४८१ बराबरको राजश्व संकलन भएको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चाड पर्वलगायतका कारणले गत असोजको तुलनामा कात्तिकमा राजस्व संकलनमा कमी आएको हो । 

विभागका अनुसार, काठमाडौं उपत्यकाभित्रका नौ वटा मालपोत कार्यालयहरुमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले २४ करोड ५७ लाख ५४ हजार आठ सय ५८ बराबर राजस्व संकलन गरेको छ । 

मालपोत कार्यालय गोटीखेल ललितपुरले चार लाख ६७ हजार ७२०, भक्तपुरले १७ करोड ६९ लाख २३ हजार ६४५, डिल्लीबजारले १५ करोड ७७ लाख २० हजार ५४५ बराबरको राजस्व संकलन गरेको छ । 

विभागका अनुसार मालपोत कार्यालय चाबहिलले २१ करोड ४२ लाख ४६ हजार ९९२, कलंकी मालपोत कार्यालयले १७ करोड आठ लाख ४४ हजार ७५१, साँखु कार्यालयले चार करोड ७९ लाख ५४ हजार ९४२, मनमैजु कार्यालयले पाँच करोड ५० लाख ९३ हजार ६३२, टोखा कार्यालयले रतीन करोड ५७ लाख २७ हजार ६६५ बराबरको राजस्व संकलन गरेको छ । 

मुलुकभर १३३ मालपोत कार्यालय छन् । ती कार्यालयले १७ करोड ७८ लाख ३८ हजार ४६६ बराबरको सेवा कर उठाएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  ०७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro