site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ग्रामथान गाउँपालिका अध्यक्षमा १६ जनाको मनोनयन

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा १६ जनामो मनोनयन परेको छ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार राजनीतिक दलबाट १५ र एक स्वतन्त्र उमेदवारको मनोनयन परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृत रामराज पौडेलले आज बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गराइएको बताए । उनका अनुसार, गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)बाट तुलसीराम विश्वास, नेकपा (माओवादी केन्द्र)बाट नमोनारायण माझी र नेपाली कांग्रेसबाट बलराम सरदारको मनोनयन परेको छ । 

Argakhachi Cement Island Ad

यसैगरी, नेपाल मजदुर किसान पार्टीबाट पर्शुराम विश्वास थारू, मंगोल नेसनल अर्गनाइजेसनबाट भरत राई, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझीले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् । राप्रपाका तर्फबाट दिनेशकुमार थन्दार र रास्वपाबाट नवीनकुमार चौधरी विश्वासको मनोनयन परेको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरीले मनोनयन दर्ता गराएका छन् । 

नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी)बाट दिलबहादुर विश्वकर्मा र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहरले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।  

जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपाल पार्टीबाट बोधनारायण माझीले मनोनयन दर्ता गराका छन् । एमालेबाट असन्तुष्ट नमनारायण चौधरीले स्वतन्त्र उमेदवारी दिएका छन् । 

०७९ सालको स्थानीय तह चुनावबाट ग्रामथानको अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । उनको गत असार ३ गते मृत्यु भएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १८:४१
प्रतिक्रिया दिनुहोस्