site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपनिर्वाचनमा अधिकांश स्थानमा कांग्रसकै जित हुन्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । आइतबार कीर्तिपुर नगरपालिकाको मेयरका लागि कांग्रेस उमेदवारले मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीसँग महामन्त्री शर्माले अधिकांश स्थानमा कांग्रसकै जित हुने जिकिर गरे ।

उनले देशभरको तथ्य हेर्दा उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टीको रूपमा प्रकट हुने देखिएको बताए ।

उनले अहिलेको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र स्थानीय तहलाई जनमुखी बनाउन पनि कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

महामन्त्री शर्माले प्रधानमन्त्रीलाई जिम्मेवारीपूर्वक काम गर्न सकारात्मक दबाब दिन पनि मतदाताले कांग्रेस उमेदवारलाई जिताउने विश्वास व्यक्त गरे ।

स्थानीय तहका रिक्त ४२ पदका निम्ति यही मंसिर १६ गते मतदान हुँदै छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro