site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कीर्तिपुरमा कांग्रेसका तर्फबाट डंगोल, महर्जन र बानियाँले दिए उमेदवारी

काठमाडौं । उपनिर्वाचनअन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका निम्ति नेपाली कांग्रेसका तर्फबाट कृष्णमान डंगोलले उमेदवारी दर्ता गराएका छन् । कीर्तिपुर अस्पतालनजिक स्थापित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार पुगेर उनले मनोनयनपत्र दर्ता गराएका हुन् । उनी कांग्रेसका कीर्तिपुर नगर सभापति हुन् ।

०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट कीर्तिपुरको मेयरमा निर्वाचित राजकुमार नकर्मीको निधनपश्चात् त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

यस्तै, कीर्तिपुर–१ को वडाध्यक्ष पदका निम्ति कांग्रेसका तर्फबाट इच्छा महर्जनले उमेदवारी दर्ता गराएका छन् । ०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित हिरालाल महर्जनको निधनपश्चात् त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

कीर्तिपुर–४ को वडाध्यक्ष पदका निम्ति कांग्रेसका तर्फबाट राजेन्द्र बानियाँले उमेदवारी दिएका छन् । बानियाँ ०७९ को स्थानीय तह निर्वाचनमा सोही वडाको वडाध्यक्षको उमेदवार बनेर पराजित भएका थिए । ०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर वडाध्यक्षमा निर्वाचित श्यामकुमार अधिकारीको निधनपश्चात् त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका निम्ति आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ । स्थानीय तहका रिक्त ४२ पदका निम्ति यही मंसिर १६ गते मतदान हुँदै छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro