विराटनगर । उपनिर्वाचनअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकामा पनि आइतबार उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ । यसक्रममा राजनीतिक दलले झाँकीसहिरूत र्याली निकालेका छन् । ग्रामथानको केन्द्रमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीले चुनावी र्याली निकालेका हुन् ।
आज बिहरूान १० बजेदेखि मनोनयनपत्र दर्ता सुरु भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दलहरूलाई दिइएको समयअनुरूप मनोनयनको व्यवस्था मिलाइएको जनाइएको छ ।
ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । ०७९ को स्थानीय तह निर्वाचनमा यहाँ कांग्रेसका जयप्रकाश गच्छदार अध्यक्ष पदमा निर्वाचित भएका थिए । गएको असार ३ गते उनको निधन भएपछि मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।