site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोरङको ग्रामथान अध्यक्षमा राप्रपाका थन्दारले दर्ता गराए उमेदवारी 

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उमेदवार बनेका दिवश थन्दारले मनोनयन दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । 

दलहरूलाई दिइएको समयअनुरुप कार्यालयले मनोनयनको व्यवस्था मिलाएको छ । नेकपा (एमाले)लाई दिउँसो १ बजे, नेपाली कांग्रेसलाई २ बजे, नेकपा (माओवादी केन्द्र)लाई २ः३० बजे, नेकपा (एकीकृत समाजवादी)लाई ३ बजे र समावेशी समाजवादी पार्टीलाई ४ बजेको समय तोकिएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले बताए ।

दलका लागि निर्धारण गरिएको समय अगाडि  अन्य राजनीतिक दल र स्वतन्त्र उमेदवारको मनोनयन हुने पौडेलले जानकारी दिए ।

ग्रामथानको अध्यक्षमा एमालेका तुलसीराम विश्वास, कांग्रेसका बलराम सरदार, माओवादीका नमोनारायण माझी, एकीकृत समाजवादीका दिलबहादुर विश्वकर्मा र रास्वपाका नवीनकुमार विश्वासले उमेदवारी दिने तयारी गरेका छन् । 

ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । यसअघि २०७९ मा कांग्रेसका जयप्रकाश गच्छदार अध्यक्ष निर्वाचित भएका थिए । उनको गत असार ३ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro