अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँ बढेर कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भएको हो ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार ९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१ ११:१७
प्रतिक्रिया दिनुहोस्