site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चारवटा संसदीय समितिको बैठक बस्दै, के छ एजेन्डा ?

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । 

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ । बैठकमा समितिले गर्ने स्थलगत अनुगमन तथा समितिका कामकारबाहीका विषयमा छलफल हुनेछ ।

दिउँसो सवा १ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।  

बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल हुनेछ । 

दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ । बैठकमा पर्सा र चितवन राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा गर्ने कार्यसूचीमा उल्लेख छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ०८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro