site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता 

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरणसम्बन्धी उद्यमीको छाता संगठन नेपाल विद्युतीय व्यवसायी महासंघ (फिन)बीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । गरिमा विकास बैंक लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतापश्चात् नेपाल विद्युतीय व्यवसायी महासंघले उक्त संघमा आबद्ध विद्युतीय उपकरणसम्बन्धी उद्यमीलाई गरिमा विकास बैंकमा व्यावसायिक सम्बन्ध स्थापित गरी बैंकिङ कारोबार गर्न सहजीकरण गर्नेछ । संघमा आबद्ध उद्यमीले ८.४८ प्रतिशतमा व्यावसायिक अधिविकर्ष कर्जा प्राप्त गर्न सक्नेछन् ।

यस्तै, व्यवसायीले ०.७५ प्रतिशत प्रिमियम दरमा साना तथा मझौला व्यवसाय कर्जा पाउन सक्नेछन् । सरल तथा सहज तवरबाट घर कर्जा, सवारी कर्जा, सेयर कर्जा, सुनचाँदी धितो कर्जा, क्रेडिट कार्डलगायत सुविधा समेत प्राप्त गर्ने बैंकले जनाएको छ ।

गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर र ५१ एटीएममार्फत सेवा दिँदै आएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro