site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आन्द्रेज इनियस्टा : लजालु स्कुले केटोदेखि स्पेनकै सबैभन्दा सफल फुटबलरसम्म
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । विश्व फुटबलमा निकै कम यस्ता खेलाडी छन्, जसले च्याम्पियन्स लिग, युरोपियन च्याम्पियनसिप र फिफा विश्वकपको उपाधि जितेका छन् । तर, आन्द्रेज इनियस्टा यस्ता खेलाडी हुन्, जसले यी तीनै प्रतियोगिताको फाइनलमा ‘प्लेयर अफ दी म्याच’ अवार्ड जितेका छन् ।

पूर्वी स्पेनको प्रदेश अल्बासेटअन्तर्गत फुयन्टेबिला गाउँका ‘लिटिल म्याजिसियन’ इनियस्टाले ४० वर्षे उमेरमा अक्टोबरमा खेल करियरबाट सन्न्यास लिए । लजालु स्वभावका उनी १२ वर्षे उमेरमै अल्बासेटबाट उत्तरतर्फ अवस्थित बार्सिलोना पुगे । जुन उनको घरबाट करिब साढे पाँच घण्टा दुरीमा पर्छ । क्याटालन क्लबबाट सुरु भएको उनको करियरले फुटबलका सबै उपाधि चुमे । अनि बने, स्पेनकै सबैभन्दा सफल फुटबलर । उनको उपाधि ‘क्याबिनेट’मा ३५ ट्रफी छन् । जसमा बार्सिलोनाबाट दुईपटक तेहेरो उपाधि, नौ स्पेनिस ला लिगा, चार च्याम्पियन्स लिग, स्पेनबाट दुई युरोपियन च्याम्पियसिप र सबैभन्दा महत्त्वपूर्ण एक फिफा विश्वकप ।

सानैदेखि अब्बल इनियस्टा सन् १९९९ मा भएको नाइक प्रिमियर कपमा बार्सिलोना यू–१५ टिमको कप्तान थिए । उक्त प्रतियोगिताको फाइनलमा इनियस्टाले नै विजयी गोल गरे । फाइनलपछि तत्कालीन बार्सिलोना सिनियर टिमका कप्तान पेप ग्वार्डिओलाले आफ्नै टिमका मिडफिल्डर जाभीलाई भनेका थिए, “तिमीले मलाई सन्न्यासम्म पुर्‍याउने छौँ,” त्यसपछि उनले इनियस्टालाई इंकित गर्दै भने, “तर उनले हामी सबैलाई सन्न्याससम्म पुर्‍याउने छ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

Anderaj3-(2)-1731498014.png
त्यसको अढाई दशकपछि इनियस्टा अहिले आनन्दमा छन् । योजनाबद्ध सन्न्यासपछि उनी भविष्यको योजना बुन्दैछन् ।

‘आगामी कदमका निम्ति शान्त छु’

Royal Enfield Island Ad

“अहिले सबैकुरा मेरो नियन्त्रणमै छ,” सन्न्यासबारे कुरा गर्दै इनियस्टाले भने, “म मेरो आगामी कदम (खेलपछिको करियर)बारे शान्त छु । यो नै सत्य हो ।”

सन् २०११ मा अर्जेन्टिनी फरवार्ड लियोनल मेसीले बार्सिलोनाकै सहकर्मी जाभी र इनियस्टालाई पछि पार्दै बालोन डी‘अर जितेका थिए । यही प्रसंगमा जाभीले एक घटना सम्झिए । मेसीले बालोन डी‘अर जितेको भोलिपल्ट प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरे । यसपछि जाभी र आफू दुवैले मेसी अवार्डका लागि आफूहरूभन्दा योग्य रहेको स्वीकार गरेको इनियस्टा बताउँछन् ।

इनियस्टालाई उत्कृष्ट बनाउन धेरै प्रशिक्षकको योगदान छ । उनले हरेक प्रशिक्षकका फरक रणनीतिलाई अब्बलसाथ खेलमा प्रस्तुत गरे ।

ग्वार्डिओलाको प्रशिक्षणमा भिजन थियो, लुईस एनरिकेको प्रशिक्षणमा विश्वास । इनियस्टाको स्पष्ट र सटिक मनोवृतिका कारण लुईस भान हालले उनलाई बार्सिलोनाबाट ‘डेब्यु’ गराएका थिए ।

Anderaj3-(1)-1731498014.png
 

यसमध्ये पनि स्पेनिस टिमका पूर्वप्रशिक्षक भिसेन्टे डेल बोस्की इनियस्टाका निम्ति विशेष छन् । टिमलाई शान्त स्वभावमा व्यवस्थापन गर्ने उनको शैली र खेलाडीलाई सहजै खेल योजना सम्झाउन सक्ने फरक खुबीका कारण बोस्की इनियस्टाको नजरमा विशेष रहे ।

फुटबल ‘ग्रेट’देखि राष्ट्रिय ‘आइकन’ सम्म

फुटबलमा उनले कमाएको अमरत्व त्यसै आएको भने होइन । यसका निम्ति उनले व्यक्तिगत र व्यावसायिक दुवै मूल्य चुकाए । स्पान्योल प्रि–सिजन प्रशिक्षण क्याम्पमा रहँदा उनी ‘गर्लफ्रेन्ड’ सँग फोनमा कुरा गर्दै थिए । त्यसैबेला उनले खबर पाए, सबैभन्दा नजिकका साथी ड्यानी जाक्वीको २६ वर्षमै ह्रदयघातका कारण निधन भयो । विश्वकप २०१० को दौरानमा बल्झिएको पुरानो चोटले उनलाई डिप्रेसनकै संघारमा पुर्‍याएको थियो । यी घटनाले उनको करियर नै धरापमा पारेको थियो ।

तर, फुटबलबाट कमाएको माया, नजिकका साथी र श्रीमती अन्ना ओर्टिजको सहयोगले यी अँध्यारो दिनबाट पुनरागमन गर्न सफल रहे । त्यसरी नै, जसरी मैदानमा लागेको चोटबाट उनी फर्किन्थे । सन् २०१० विश्वकप फाइनलमा डच टिमविरुद्ध गरेको निर्णायक गोलले पनि यी अँध्यारो दिनमा प्रकाश छर्ने काम गर्‍यो । यसले उनलाई उत्कृष्ट फुटबलरबाट राष्ट्रको गहना समेत बनायो ।

an-1731498221.png

फाइनलको गोलपछि सेलिब्रेसनमा उनले जर्सी खोले । जर्सीभित्रको टिर्सटमा लेखिएको थियो, “ड्यानी जाक्वी–सधैँ हामीसँगै रहनेछन् ।” हातले लेखिएको साधारण तर भावुक यो इनियस्टाले आफ्ना प्रिय साथीलाई दिएको सरल तर गहन श्रद्धाञ्जली थियो ।

यही सरलताका कारण इनियस्टा स्पेनिस समर्थकका निम्ति प्रिय थिए । उनले बार्सिलोनाबाट क्याटालन डर्बीको प्रतिद्वन्द्वी स्पान्योल र ‘एल क्लासिको’ प्रतिद्वन्दी रियाल मड्रिडविरुद्ध उसैको मैदानमा खेल्दा पनि ‘स्ट्यान्डिङ ओभेसन’ पाउँथे ।

अब के गर्नेछन् इनियस्टा ?
व्यावसायिक फुटबलबाट समेत सन्न्यासको अर्थ अब केही समय उनले श्रीमती अन्नासँग सुन्दर समय बिताउन पाउनेछन् । उनीहरूबीच सन् २००८ देखि प्रेम सम्बन्ध सुरु भएको थियो । जसलाई यी दुईले २०१२ मा विवाहमा परिणत गरे । हाल यी दुईका तीन छोरी र दुई छोरा छन् ।

फुर्सदी बनेका इनियस्टासँग आफ्नो पहिलो क्लब अल्बासेट बालोम्पीसँग केही समय बिताउन पाउने छन् । बालोम्पी त्यही क्लब हो, जसलाई आर्थिक संकट पर्दा इनियस्टाले व्यक्तिगत रूपमै पटक–पटक आर्थिक सहयोग गरेका थिए ।

हाल दुबईमा बसिरहेका इनियस्टा भन्छन्, “यूएईमा खेल करियर टुंग्याउने मेरो योजना थियो । र, यही बस्न सक्ने बन्ने पनि । यहाँ मैले प्रशिक्षक बन्नका निम्ति अध्ययन समेत सुरु गरेको छु ।”

Anderaj4-1731498016.jpg
“पूरा जिन्दगी मैले एक खेलाडीको रूपमा मात्रै सोचे । अब मैले फरक रूपमा सोच्नुपर्ने समय आएको छ । यो नयाँ संसार हो । पूरै नयाँ त होइन तर, अब मैले सिक्नुपर्ने कुरा धेरै छन् । यो मैले खेल्न सुरु गर्दाको समय जस्तै हो । त्यसबेला पनि म धेरैकुरा सिक्न चाहन्थे । जति मैले सिके, त्यसले मलाई उत्तिनै अब्बल बन्न सहयोग गर्‍यो । अब म यही कुरा प्रशिक्षकको रूपमा दोहोर्‍याउने प्रयास गर्नेछु ।”

बार्सिलोनामा बिताएका क्षणले आफ्नो प्रशिक्षण करियरलाई प्रभावित बनाउनेबारे पनि इनियस्टा सचेत छन् ।

पक्कै पनि इनियस्टा एक उत्कृष्ट फुटबलरभन्दा माथिका व्यक्तित्व हुन् । उनकै शब्दमा पनि, “आफ्नो टिम र प्रतिद्वन्द्वीभन्दा पनि मानवता र सरल व्यक्ति बन्नु ठूलो कुरा हो ।”

Anderaj3-(3)-1731498015.png
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ०७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro