site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वडाको कामसँगै किबीखेतीमा व्यस्त वडाध्यक्ष थापा

गलकोट । बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापाले व्यावसायिक रूपमा फलफूलखेती थालेका छन् । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाएका उनले किबीखेती थालेका हुन् ।  

तीन वर्षअघि किबीखेती थालेका उनलाई उत्पादन बेच्न भ्याइनभ्याइ छ । गाउँका अन्य किसानका लागि प्रेरणा बनेका उनले यो वर्ष सय बोटबाट ६ सय क्विन्टल किबी उत्पादन भएको बताए । 

उनले किबीसँगै कागती पनि फलाएका छन् । जनप्रतिनिधि भइसकेपछि कोदो र धानखेतीमा लाग्न आफूले समय व्यवस्थापन गर्न नसकेको बताए । वडाध्यक्ष थापाका बारीमा १५० कागती र ५० सुन्तलाका बोट छन् । 

दैलेखबाट ३३० प्रतिगोटा बिरुवा खरिद गरेर ल्याएको जानकारी दिँदै वडाध्यक्ष थापाले बृहत् रूपमा किबीखेती गर्ने चाहना रहेको बताए ।  किबीका लागि अस्थायी थाक्रो व्यवस्थापन गरेका थापाले किबी बजार पठाएपछि फलामबाट बनाइएको थाक्रा राख्ने योजना बनाएको सुनाए । हाल स्थानीय बजारमा प्रतिकेजी २५० देखि तीन सय रुपैयँमा किबी बिक्री हुँदै आएको छ । किबी बेचेर हालसम्म रु दुई लाख रुपैयाँ आर्जन गरेको बताए ।   

गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन गर्ने सिलसिलामा तित्याङको खानीगाउँमा दुई हजार ६०० ओखर १४० रोपनी जग्गामा लगाइएको थियो । यो वर्ष नगरपालिकाले किम्बोट क्षेत्रमा ओखर लगाउन रु १२ लाख बजेट विनियोजन गरेको वडाध्यक्ष थापाले जानकारी दिए । 

अलैँची पकेट क्षेत्र विस्तारका लागि रु १५ लाख बजेट विनियोजन भएको छ । वडा नम्बर ९ तित्याङको साबिक १, २, ३, ४ र ५ वडामा अलैँचीखेती सुरु भएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  ०६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro