साहित्य
काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्तीको अवसर पारेर बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित कतर्वा, स्वाभिमानबस्तीमा हालै महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक अनावरण गरिएको छ । सालिक रहेको चोकको नाम समेत देवकोटा चोक राखिएको छ ।
स्वाभिमान बस्तीमा निर्मित महाकवि देवकोटाको सालिक पूर्वमन्त्री ज्वाला साहले अनावरण गरेकी थिइन् ।
उक्त अवसरमा स्थानीय विद्यालयहरूका विद्यार्थी तथा उपस्थित स्थानीय कविहरूले देवकोटामाथि लेखिएका नेपाली, भोजपुरी र थारू भाषाका कविता वाचन गरेको सालिक निर्माण समितिका सदस्य नवराज रिजालले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१ २३:०९
प्रतिक्रिया दिनुहोस्