site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालमा फोटन माउन्टेन ईभी सार्वजनिक, एकैपटक १०० गाडी डेलिभरी

काठमाडौं । फोटन नेपालले नेपालका लागि विशेष डिजाइन गरिएको भनिएको माउन्टेन ईभी नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले एकैपटक एकसय वटा माउन्टेन ईभी डेलिभरी गर्दै नेपाली बजारमा सार्वजनिक गरेको हो ।

यो गाडी नेपालको भौगोलिक आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीको भनाइ छ । फोन माउन्टेन ईभीमा ५३.५८ किलोवाटको ब्याट्री छ ।

यसले एकपटक फुल चार्ज गर्दा ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । १३० किलोवाटआवर क्षमताको मोटर रहेको गाडीमा अधिकतम टर्क ३३० र २५ प्रतिशत ग्रेडेबिलिटी छ ।

फोटन नेपालको मुख्य कम्पनी एमएडब्लू वृद्धि समूहका निर्देशक विवेक सिकरियाले गाडी सार्वजनिक गर्दै यसले नेपालको सवारीसाधन क्षेत्रलाई नयाँ दिशामा लैजाने विश्वास व्यक्त गरे ।

नेपालका चुनौतीपूर्ण सडकलाई मध्यनजर गर्दै माउन्टेन ईभीमा विशेष सुविधा रहेको उनको भनाइ छ ।

एमएडब्लू वृद्धि समूहका सीईओ तुषार गुप्ताले फोटन लगातार १९ वर्षसम्म चीनको शीर्ष ब्रान्डको रूपमा स्थापित रहेको बताए ।

यो ब्रान्ड भारतमा सबैभन्दा धेरै ईभी बसको रूपमा बिक्री भएको र ९ लाखभन्दा बढी व्यावसायिक सवारीसाधनका रूपमा निर्यात भएर दक्षिण अमेरिकामा अग्र स्थानमा रहेको उनको भनाइ छ । माउन्टेन ईभी १४ देखि १६ सिट क्षमतामा उपलब्ध छ ।

यो गाडीमा अटो होल्ड कन्ट्रोल, स्मार्ट पार्किङ, हिल होल्ड कन्ट्रोल, दुई ड्राइभिङ मोड, आर१६ ड्यूरेबल टायर छ । नेपाली बजारमा फोटनको ब्रान्ड मूल्य ३१.४ अर्ब रहेको कम्पनीको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro