site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वार्थ समूहले मानमर्दन गर्न खोजे, प्रतिवाद गर्छु : पर्यटनमन्त्री पाण्डे
Tiktok banner adTiktok banner ad

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफूले स्वार्थ समूहहरूसँग कुनै पनि खालको सम्झौता नगर्ने बताएका छन् । 

मन्त्री पाण्डेले काम गर्ने क्रममा स्वार्थ समूहका मतियार र विचौलियाहरू बलियो देखेको उल्लेख गर्दै उनीहरूसँग कुनै पनि सम्झौता नगरी अघि बढ्ने उल्लेख गरे । मन्त्री पाण्डेले स्वार्थ समूहहरूकै कारण आफूमाथि पनि करोडौँ घुस खाएको अफवाह फैल्याउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे । 

आफूले निष्ठाको राजनीति गरिरहेको र मन्त्रीको रूपमा कौडी पनि दुरुपयोग नगर्ने उनको भनाइ थियो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूलाई मानमर्दन गराउने गरी घुस खाएको आरोप लगाउनेहरूसँग प्रतिवाद गर्दै अघि बढ्ने पनि बताए ।

उनले भने, "पहिले राजनीतिक व्यक्तिहरू शक्तिशाली हुनुहुन्थ्यो, अहिले स्वार्थ समूहहरू शक्तिशाली भएको मैले देखिराखेको छु । स्वार्थ समूहका मतियार, विचौलियाहरू बलिया भएको देखिरहेको छु । मैले ३/४ महिनाको यो कामको अनुभवमा निष्ठापूर्वक काम गरिरहँदा केही स्वार्थ समूहका मतियारहरूले मलाई मानमर्दन गर्नेगरी, मेरो मनोबल र आत्मविश्वासलाई गिराउने गरी केही प्रचारबाजी गरेको देखेको छु ।" 

मन्त्री पाण्डेले राजनीतिमा सबै गलत हुन्छन् भन्ने सत्य नभएको पनि दोहोर्‍याए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro