site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एक वर्ष रेलिगेसनपछि पेलेको पूर्वक्लब सान्तोस ब्राजिलको शीर्ष डिभिजनमा उक्लियो

काठमाडौं । विश्व फुटबलमा सर्वकालीन महान् खेलाडीको पहिचान बनाएका ब्राजिलियन लेजेन्ड पेलेको पूर्वक्लब सान्तोस एफसी ब्राजिलको शीर्ष डिभिजनमा उक्लिएको छ । 

ब्राजिलियन लेजेन्ड पेलेको उदय गराउने क्लबको रूपमा परिचित सान्तोसले ब्राजिल सिरी ‘बी’को खेलमा कोरिटिबाविरुद्ध २–० को जित निकालेसँगै शीर्ष डिभिजनमा स्थान पक्का गरेको हो ।

आफ्नो करिअरको अधिकांश समय सान्तोसमा बिताउँदा पेलेले यस ब्राजिलियन क्लबलाई विश्व चर्चित बनाएका थिए ।

यसअघि, गत वर्ष शीर्ष डिभिजनको रेलिगेसन क्षेत्रमा परेपछि सान्तोस ब्राजिलको दोस्रो डिभिजनमा घटुवा भएको थियो । क्लबको स्थापनाकालदेखि नै सान्तोस पहिलोपटक रेलिगेसनमा परेको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro