site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कप्तान पूजाको अलराउन्डर प्रदर्शनप्रेरित नेपालको फराकिलो जित 

काठमाडौं । बलिङ र ब्याटिङ दुवैतर्फ कप्तान पूजा महतोले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली यू–१९ महिला क्रिकेट टिमले आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा कुवेतविरुद्ध १६५ रनको फराकिलो जित निकालेको छ । 

मंगलबार यूएईको सेभेन डिस्ट्रिक मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले १३ ओभरमा सबै विकेट गुमाएर ४८ रनमात्रै बनाउन सक्यो । 

कुवेतकी जिफा जिलानीले ३२ रन बनाइन् । यसबाहेक, अन्य ब्याटरको प्रदर्शन उल्लेखनीय रहन सकेन । कुवेतलाई सस्तैमा समेट्न नेपालकी कप्तान पूजाले पाँच विकेट लिइन् । पूजाले आफ्नो स्पेनको तेस्रो ओभरमा चार विकेट लिएकी थिइन् । त्यसअघि पूजाको कीर्तिमानी शतकप्रेरित नेपालले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २१३ रनको योगफल खडा गरेको थियो । पूजाले ५७ बलमा १०० रन पूरा गरिन् । 

जारी प्रतियोगितामा कुनै पनि टिमका खेलाडीले बनाएको यो पहिलो शतक हो । पूजा नेपाली युवा महिला टिमबाट शतक प्रहार गर्ने पहिलो खेलाडी समेत बनेकी छन् । नेपालको इनिङमा कप्तान पूजाले ६९ बलमा १७ चौकासहित १३० रन बनाइन् । यस्तै, सोनु पाख्रिनले ३३ बलमा दुई चौकासहित ४३ रन बनाइन् । कुवेतकी जिफा जिलानी र राइलिन मारिया डी सुजाले समान एक विकेट लिए । 

जितसँगै पाँच खेलबाट आठ अंक जोडेको नेपाल अंकतालिकाको दोस्रो स्थानमा छ । चार खेलबाट आठ अंक जोडेको युनाइटेड अरब इमिरेट्स (यूएई) तालिकाको शीर्ष स्थानमा छ । प्रतियोगिताका पाँच खेलमै हार बेहोरेको कुवेत भने तालिकाको पुछारमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro