site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चिया–कफीले स्ट्रोक र डिमेन्सियाको जोखिम कम गराउन सक्छ !

काठमाडौं । हामीले हरेक दिन पिउने चिया कफी वास्तवमा डिमेन्सिया र स्ट्रोक कम गर्नेसँग सम्बन्धित रहेको नयाँ अध्ययनले पत्ता लगाएको सीएनएनमा प्रकाशित एक समाचारमा उल्लेख छ छ । 

यसमा ३ लाख ६० हजार मानिसहरुको १०– १४ वर्षसम्म अध्ययन गरिएको हो जसले हरेक दिन दुई देखि तीन कप कफी र तीनदेखि चार कप चिया अथवा चारदेखि ६ कपसम्म दैनिक चिया कफी पिउने गर्दथे । यसपछि उनीहरुमा स्ट्रोक र डिमेन्सियाको जोखिम सबैभन्दा कम रहेको पत्ता लागेको हो । 

चीनको तिआनजिन मेडिकल युनिभर्सिटीका खोजकर्ताहरुले गरेको यस रिसर्चमा ठीक मात्रामा चिया कफी सेवन गर्दा यसले स्ट्रोक र डिमेन्सियाको जोखिम कम गराउने निष्कर्ष निकालिएको हो । 

डिमेन्सिया भनेको दिमागी क्षमता गुम्नु हो । यो रोग लाग्दा व्यक्तिको स्मरण शक्ति, भाषा, बौद्धिक क्षमतालगायत दिमागले सोच्नुपर्ने क्षमता हराउँछ । यसले दैनिक जीवनमा धेरै गम्भीर प्रभाव पार्दछ । अल्जाइमर डिमेन्सियाको सबैभन्दा ठूलो कारक हो । 

त्यस्तै विश्वव्यापी मृत्युमा १० प्रतिशत मानिसहरुको स्ट्रोकका कारण ज्यान जाने गरेको ल्यान्सेटमा प्रकाशित अध्ययनमा उल्लेख छ । 

यसरी चिया र कफी मध्ये एउटा मात्र सेवन गर्नु पनि स्ट्रोक र डिमेन्सिया दुवैको जोखिम कटौति गर्न सक्ने पाइएको हो । तर यसमा पनि दैनिक ४ देखि ६ कप पिउनेहरुमा डिमेन्सियाको खतरा २८ प्रतिशत कम र स्ट्रोकको सम्भावना पनि ३२ प्रतिशतले घट्न सक्ने पाइएको छ । 

रिसर्चका सहभागीहरु बेलायतबाट रहेका थिए जसको उमेर ५० देखि ७४ वर्षसम्मको थियो । उनीहरुले कति कप चिया या कफी पिएको भन्ने आफैँ रिपोर्ट गरेका हुन् । यसरी २००६ देखि २०२० का बीच संकलित डाटामा उनीहरुको स्वास्थ्य अवस्थाबारे अध्ययन गरिएको थियो । 

रिसर्चको अवधिभरि ५ हजार सहभागीमा डिमेन्सिया भयो र १० हजारले कम्तीमा एकपटक स्ट्रोक अनुभव गर्नुपर्यो । तर दैनिक चिया कफी पिउनेहरुमा चाहिँ यस्ता समस्या देखा नपर्ने गरेको पाइएको हो ।

चिया र कफीको स्वस्थकर फाइदाहरुबारे धेरै पहिलेदेखि बताइँदै आएको छ तर यिनीहरुले वास्तवमै कुनै गम्भीर रोगबाट सुरक्षा दिलाउन सक्ने चाहिँ पहिलोपटक प्रमाणित भएको हो । 

विगतका रिसर्चहरुमा पनि दिमागी स्वास्थ्यका लागि कफी लाभदायक हुने देखिएको थियो । २०२१ को बेलायती अध्ययनमा मुटु सम्बन्धी कुनै रोग नभएका मानिसले दैनिक तीन कप सम्म कफी खाने गरेमा मुटुको रोग या स्ट्रोका कारण मृत्यु हुने सम्भावना उल्लेखनीय रुपमा कम हुने गरेको पत्ता लागेको हो । 

यसमा कफी नपिउनेहरुसँग तुलना गरि यस्तो तथ्य पत्ता लगाइएको थियो । त्यस्तै अन्य रिसर्चमा पनि दैनिक तीन कप कफी पिउने गर्दा अल्जाइमर रोगको जोखिम घट्ने पाइएको छ । तर त्यही कफी धेरै मात्रामा, जस्तै ६ कप पिउने हो भने चाहिँ डिमेन्सिया लगायत दिमागी समस्या उत्पन्न हुने अध्ययनहरुले देखाएका छन् । 

सीएनएनबाट 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  ०८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro