site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखराबाट रवि लामिछानेलाई बुटवल लगिँदै 
फाइल तस्बिर ।

काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्कीबाट आज बुटवल लगिँदै छ ।

बुद्ध एयरको बिहानबाट भैरहवा विमानस्थल हुँदै बुटवल लगिने भएको हो । 

सहकारीको रकम हिनामिना गरेको आरोपमा रविलाई प्रहरीले पक्राउ गरेर पोखरा लगेको थियो । रवि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । 

बुटवलमा पनि उजुरी परेपछि रविलाई बयानका लागि आज बुटवल लैजान लागिएको हो ।  

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले रविलाई कारबाही सिफारिस गरेको थियो ।

समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन गएको भदौ ३१ गते सभामुख देवराज घिमिरेलाई बुझाएको थियो । 

उक्त प्रतिवेदन गृह मन्त्रालयले असोज पहिलो साता प्रहरीलाई कार्यान्वयनका निम्ति पठाएको थियो ।

सूर्यदर्शन, साहारा, सुप्रिम, स्वर्णलक्ष्मीलगायत सहकारीबाट गोर्खा मिडियामा ६५ करोडभन्दा बढी रकम आएको र त्यसमा लामिछाने प्रबन्ध निर्देशक भएकाले जवाफदेही हुनुपर्ने माग संसदमै उठेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  ०८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro