site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलले ५४ दिनपछि लियो पेजर आक्रमणको जिम्मा

काठमाडौं । इजरायलले ५४ दिनपछि पेजर आक्रमणको जिम्मेवारी लिएको छ । गत सेप्टेम्बर १७ मा लेबनानमा हिजबुल्लाह सदस्यहरूको पेजर (सञ्चार उपकरण) मा भएको शृंखलाबद्ध विस्फोटको ५४ दिनपछि इजरायलले जिम्मेवारी लिएको हो ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलको सुरक्षालाई ध्यानमा राख्दै आक्रमणलाई स्वीकृत गरेको स्वीकार गरेका हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री नेतन्याहुले लेबनानमा पेजर आक्रमणको आदेश आफूले दिएको बताएको उनका प्रवक्ता ओमर दोस्तीले समाचार एजेन्सी एएफपीलाई बताएका छन् । यद्यपि, आक्रमणको विस्तृत जानकारी दिइएको छैन ।

पेजर आक्रमणबाट तीन हजारभन्दा बढी घाइते भएका थिए ।

एजेन्सीहरूको सहयोगमा ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  २३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro