site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बुटवलमा सार्वजनिक भयो दिपल ईभी

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले लुम्बिनी प्रदेशको बुटवलमा दिपल ईभी सार्वजनिक गरेको छ । आइतबार बुटवलमा कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै दिपल एस०७ र एल०७ ईभी सार्वजनिक गरेको हो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ, एमएडब्लू वृद्धिका सीईओ जोजु जोस थाटिल लगायतको उपस्थिति थियो । कम्पनीले दिपल ईभीलाई फ्युचरिस्टिक डिजाइन र कटिंग एज टेक्नोलोजीले भरिएको गाडी भनेको छ ।

Dabur Nepal
NIC Asia

दिपल ईभी सार्वजनिक गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले बिक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए । बुटवलका लागि चांगानको डिलर जेनोस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्रकुमार श्रेष्ठले दिपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको बताए । 

चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी चांगानको १६२ वर्ष लामो विरासत छ । ६ महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल ईभी अहिलेसम्ममा ६ सयभन्दा बढी बिक्री भएका छन् ।

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकरलगायत १५ भन्दा बढी फस्ट टाइम फिचर छन् ।

एमएडब्लू वृद्धिले कात्तिक २७ गतेबाट बुटवलमा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पको आयोजना गर्दै छ । बुटवलको क्लब डेनोभोमा आयोजना हुने कार्यक्रममा ग्राहकले दिपल ईभी प्रिबजेट मूल्यमा, सेरेस ४५ लाख ४९ हजार रुपैयाँमा र नामी ईभीको खरिदमा सात किलोवाटको चार्जर निःशुल्क पाउने कम्पनीले जनाएको छ । ग्राहकले तीनवटा रिकन्डिसन हाउसबाट बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस पनि पाउने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro