site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी केन्द्रीय समितिको बैठक पुस २ मा बस्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आगामी पुस २ गते बस्ने भएको छ । सोमबार बसेको पदाधिकारी बैठकले आगामी पुस २ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । 

बैठकले मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उमेदवारलाई जिताउन एकतावद्ध भएर पहलकदमी लिन निर्देशन दिएको छ । 

Dabur Nepal
NIC Asia

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्देशन दिएको हो । उपनिर्वाचनका लागि प्रदेश, जिल्ला तहबाट आएका सबै सिफारिसहरूलाई अनुमोदन गरेको पनि पार्टीका प्रवक्ता अग्नि सापकोटाले बताए । 

उपनिर्वाचनमा सफलता हाँसिल गर्न योजनावद्ध कार्यक्रम बनाउने निर्णय भएको उनले जानकारी दिए । मंसिर मसान्तसम्म पालिका सम्मेलन गरिसक्ने र साथसाथै बृहत्, प्रभावकारी र व्यवस्थित जनपरिचालनको कार्यक्रम गर्ने निर्णय भएको बताए । 

उनले भने, "मंसिर १६ गते हुने उपनिर्वाचनका लागि तलबाट आएका सबै सिफारिसहरूलाई अनुमोदन गरेको छ । निर्वाचनमा आफ्ना उमेदवारलाई जिताउन एकतावद्ध भएर पहलकदमी लिनुपर्छ भन्ने अपिल गरेको छ । उपनिर्वाचनमा सफलता हाँसिल गर्न योजनावद्ध कार्यक्रम बनाएका छौँ ।" 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro