site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चाबहिलको एक इन्टेरियर गोदाममा आगलागी, लाखौँको क्षति

काठमाडौं । काठमाडौंको चाबहिलमा रहेको एक इन्टेरियर गोदाममा आगलागी हुँदा लाखौँको क्षति भएको छ । आइतबार चाबहिलको सरस्वतीनगरस्थित आर्ट्स इन्टरनेसनल प्रालिको गोदाममा आगो लागेको हो ।

आगलागीका कारण गोदाममा रहेको फर्निचर, सजावटका सामग्री, विद्युतीय सामग्री, प्लाईलगायत सामग्री जलेर नष्ट भएका छन् । आगलागीले वरपरका अन्य घरहरूमा समेत सामान्य क्षति पुर्‍याएको छ ।

नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीलगायत उपत्यकाका तीनै जिल्लाका दमकलको सहायताले करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

इन्टेरियर कम्पनी आर्ट्स इन्टरनेसनल प्रालिका सञ्चालन सञ्जीव भण्डारीले आगालागीको समयमा गोदाममा कोही कामदार नभएको बताए ।

"आगो लागेको समयमा कोही कामदार थिएनन् । कसरी आगो लाग्यो भन्ने अन्यौल छ । ठूलो क्षति भयो," उनले भने ।

आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro