site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अस्ट्रेलियाविरुद्धको एकदिवसीय शृंखला पाकिस्तानलाई 

काठमाडौं । तेस्रो तथा निर्णायक खेलमा अस्ट्रेलियालाई आठ विकेटले हराउँदै पाकिस्तानले तीन खेलको एकदिवसीय शृंखला २–१ ले जितेको छ । 

शृंखलाको पहिलो खेलमा पाकिस्तान पराजित भएको थियो । त्यसपछिका दुई खेलमा लगातार जित निकाल्दै पाकिस्तानले अस्ट्रेलियालाई उसैको घरमा निराश बनाएको हो ।

आइतबार भएको अन्तिम खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको १४१ रनको सामान्य लक्ष्य पाकिस्तानले २६.५ ओभरमा दुई विकेट गुमाएर भेट्टायो । 

पाकिस्तानको जितमा ओपनर सैम अयुबले ४२ रन बनाए । उनले पहिलो विकेटका निम्ति अब्दुल्लाह सफिकसँग ८४ रनको साझेदारी गर्दै पाकिस्तानलाई जितनजिक पुर्‍याएका थिए । सफिकले ३७ रन थपे ।

अविजित रहेको कप्तान मोहम्मद रिजवानले ३० र बाबर आजमले २८ रन जोडे । 

अस्ट्रेलियाका लेन्स मोरिसले दुई विकेट लिए । 

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले ३१.५ ओभरमा सबै विकेट गुमाएर १४० रन बनाएको थियो ।

अस्ट्रेलियाका सिन अबोटले ३० रन बनाए । ओपनर म्याथ्यु सर्टले २२, एडम जाम्पाले १३ रन जोडे ।

अस्ट्रेलियालाई सस्तैमा समेट्न साहिन साह अफ्रिदी र नसिम साहले समान तीन विकेट लिए । ह्यारिस रौफले दुई र मोहम्मद हसनैनले एक विकेट हात पारे ।

शृंखलाको पहिलो खेलमा पाकिस्तान दुई विकेटले पराजित भएको थियो । दोस्रो खेलमा पाकिस्तानले नौ विकेटको सहज जित निकालेको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro