site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रियालको जितमा भिनिसियसको ह्याट्रिक

काठमाडौं । फरवार्ड भिनिसियस जुनियरको ह्याट्रिकप्रेरित रियाल मड्रिडले स्पेनिस ला लिगामा ओसासुनाविरुद्ध ४–० को सहज जित निकालेको छ ।

शनिबार राति घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा रियाललाई सहज जित दिलाउन भिनिसियसले ह्याट्रिक गर्दा अर्को एक गोल जुड बेलिङ्घमले थपे । जारी सिजन बेलिङ्घमको यो पहिलो गोल हो ।

खेलको ३४औँ मिनेटमा भिनिसियसको गोलमा रियालले अग्रता बनाएको थियो । ४२औँ मिनेटमा बेलिङ्घमले घरेलु टिमको अग्रता दोब्बर बनाए ।

६१औँ मिनेटमा भिनिसियसको गोलमा रियालले अग्रतालाई ३–० मा पुर्‍याएको थियो । त्यसको आठ मिनेटपछि भिनिसियसले ह्याट्रिक गरेसँगै रियालले ४–० को जित पक्का गरेको हो ।

सहज जित निकाले पनि रियालले रक्षक इडर मिलिटाओलाई तीन महिनाका निम्ति गुमाएको छ । खेलका दौरान मिलिटाओको मांसपेशीमा खिचाब हुँदा उनले करिब तीन महिना मैदानबाट बाहिर बिताउनु पर्ने भएको रियालले जनाएको छ ।

जितसँगै १२ खेलबाट २७ अंक जोडेको रियाल तालिकाको दोस्रो स्थानमा कायमै छ । रियालले शीर्ष स्थानको बार्सिलोनासँगको ६ दूरी चार अंकमा ल्याएको छ । समान खेलबाट ३३ अंकसहित बार्सिलोना शीर्ष स्थानमा आसिन छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  ०९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro