साहित्य
काठमाडौं । कलाकार एवम् लेखक रमेश खनालको लघुकथासंग्रह ‘युद्धमा बिलाएको सपना’ लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघको आयोजनामा लोकार्पण गरिएको हो ।
शनिबार काठमाडौंमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्य, राधेश्याम लेकाली, किशोर पहाडी, प्रा.डा. गोविन्दमानसिंह कार्कीलगायतले कृति लोकार्पण गरे ।
सार्वजनिक कृतिमाथि समालोचक प्रा.डा. कार्कीले समीक्षात्मक टिप्पणी गरे । उक्त अवसरमा प्रमुख अतिथि कर्माचार्य, राधेश्याम लेकाली, कृतिकार खनाल, नरेन्द्रबहादुर श्रेष्ठ र किशोर पहाडीले बोलेका थिए ।
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१ ०९:३४
प्रतिक्रिया दिनुहोस्