site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘विनय–ग्रन्थ’ सार्वजनिक

काठमाडौं । नेपाली कवितामा तरलवादको वकालत गर्ने कविहरूमध्येका एक विनय रावलद्वारा रचना गरिएका चार पुस्तकको समग्र कृति विनय–ग्रन्थ एक समारोहबीच सार्वजनिक भएको छ ।

काठमाडौंमा शनिबार भूगोल साहित्य समाज र विनय रावल स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ज्ञानुवाकर पौडेल, डा. तुलसी भट्टराई, विनय पत्नी सुलोचना रावलले ग्रन्थ लोकार्पण गरे ।

Dabur Nepal
NIC Asia

विनयका अनन्य मित्र ज्ञानुवाकर पौडेलले संसारमा कालजयी कोही नहुने भन्दै आफ्ना तीन मित्र विनय, जगदीश घिमिरे र मनु ब्राजाकीको निधनले आफूलाई अत्यधिक पीडा दिएको बताए । केही भावुक हुँदै उनले विनयले थोरै किताब लेखे पनि स्थापित र चर्चित भएको उल्लेख गरे । उनले कवि रावलको स्मृतिमा कविता वाचन गरे ।

ग्रन्थका सम्पादक तथा संयोजक डा. तुलसी भट्टराईले विनय विद्रोही कवि भएको भन्दै उनी विचारक पनि भएको उल्लेख गरे ।

अर्का वक्ता ध्रुव मधिकर्मीले विनय रावलसँगको सम्बन्धका बारेमा चर्चा गरे ।

उक्त अवसरमा विनय रावलका दाजुभाइ विमल रावल र बरुण रावलसँगै विनोद नेपाल, जयबहादुर चन्द, उद्धव खनाल, दिनेशविक्रम थापाले विनयको काव्यकारिता, उनको विद्रोही चेत र राजनीतिक दृष्टिकोणबारे बोलेका थिए ।

पंचायतकालमा अतुलेशको नामबाट राष्ट्रपुकार साप्ताहिकमा विचार विश्लेषण लेख्ने कवि रावलको साझा प्रकाशनको सदस्य हुँदा २०६२ जेठमा दार्जलिङ भ्रमणमा जाँदा दुर्घटनामा निधन भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  ०८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro