site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका निम्ति मेची–महाकाली अभियान चलाउँछौँ : प्रचण्ड

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थाका निम्ति मेची–महाकाली अभियान चलाउने बताएका छन् ।

मकवानपुरको थाहा नगरपालिकामा शनिबार योङ कम्युनिस्ट लिग (वाईसीएल)को दोस्रो नगर सम्मेलनमा उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबाट पाँच वर्षसम्मको स्थिर सरकार सञ्चालन भएमा अस्थिरताको सवाल नै नआउने उल्लेख गरे । व्यवस्था परिवर्तनको सुरुआती दिनदेखि नै आफूहरूले उक्त मुद्दा उठाउँदै आएको उनले बताए ।

आफूले पहिलोपटक प्रधानमन्त्री हुँदा ३० हजारसम्मको कर्जा मिनाहा गरेर जनतालाई राहत दिएको बताए । दोस्रोपटकमा उज्यालो नेपालको अवधारणाअनुरूप विद्युत्भार कटौती हटाएको अध्यक्ष प्रचण्डले स्पष्ट पारे ।

उनले भने, “मैले पहिलोपटक प्रधानमन्त्री हुँदा ऋण मिनाहा गरेँ, नेपालको पूर्व–पश्चिम जोड्न मध्यपहाडी लोकमार्गको काम अगाडि बढाएँ । म अझै थाकेको छैन । त्यसैले अझ परिवर्तनको लहर ल्याएर नै छाड्नेछु ।”

उनले मकवानपुर तथा थाहा नगरका केही विकास योजनालाई प्रभावकारी बनाइने उल्लेख गरे । धेरै योजना माओवादीकै पहलमा अघि बढिरहेको उनले बताए । उनले थानकोट–चित्लाङ–चन्द्रागिरि सडक, गणेशमान राजमार्ग स्तरोन्नतिसहित कालोपत्र गर्ने, फोदगाउँ बस्ती बचाउ कार्यक्रममा सहयोगका निम्ति पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

माओवादी केन्द्रको पहलमा वाग्मती सरकारको लगानीमा कभर्ड हल सम्पन्न हुने चरणमा रहेको र शीतभण्डार स्थानीय सरकारको विशेष पहलमा निर्माण भएको उनले उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले दामगाडे–महादेवबेँसी सडक ९८ करोड रुपैयाँको लगानीमा निर्माण भइरहेको, एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत कञ्छाल–कलेचानी सडकसहित १० करोडको प्याकेज सञ्चालनमा रहेको र मदन भण्डारी विज्ञापन तथा प्रविधि विश्वविद्यालय थाहाको चित्लाङमा स्थापना भएको बताए । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro