site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यू–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटमा नेपाल यूएईसित पराजित
तस्बिर : क्यान ।

काठमाडौं । यूएईमा जारी आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपालले हार व्यहोरेको छ । युनाइटेड अरब इमिरेट्स (यूएई)को अजमानस्थित द सेभेन रंगशालामा शनिबार भएको खेलमा घरेलु टोली यूएईले नेपाललाई १३ रनले हराएको हो ।

यूएईले दिएको १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । नेपालका निम्ति कप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाइन् । उनले ४३ बलमा पाँच चौकाको मद्दतले ४८ रन जोडेकी हुन् ।

यस्तै, साना प्रवीण र सोनी पाख्रिनले समान १९/१९ रन बनाए । ज्योत्स्निका मरासिनीले ११, सावित्री धामीले सात र एलिसाकुमारी यादवले तीन रन जोडे । यो खेलमा नेपालले अतिरिक्त तीन रन पायो ।

यूएईका निम्ति इन्धुजा नन्दकुमार, लावन्या केनी र मेहक ठाकुरले समान एक/एक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२२ रन बनाएको थियो । यूएईका निम्ति रिनिथा रञ्जितले सर्वाधिक ४८ रन बनाइन् । उनले ३३ बलमा पाँच चौका र दुई छक्कासहित ४८ रन जोडेकी हुन् ।

यस्तै, लावन्या केनीले २०, इन्धुजा नन्दकुमारले १२, समाइरा धरनिधर्कले आठ, अल मसीरा जहाँगीरले ६ रनको योगदान दिए । ऋषिता राजित र अवनी सुनिल पाटिलले समान नौ/नौ रन बनाए । यूएइले अतिरिक्त १० रन प्राप्त गर्‍यो ।

नेपालका निम्ति रिया शर्माले सर्वाधिक तीन विकेट लिइन् । पूजा महतो, कृश्मा गुरुङ र सीमा केसीले समान एक/एक विकेट लिए ।

एसिया छनोटमा नेपालको यो पहिलो हार हो । नेपालले यसअघि दुई खेल जितेको थियो । पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले कुवेतलाई १०८ रनले हराएको थियो ।

नेपालले आइतबार (भोलि) थाइल्यान्डसँग चौँथो खेल खेल्नेछ । छनोट खेलमा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । सहभागी चारमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro