site stats
बाह्रखरी :: Baahrakhari
देश
बागलुङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

गलकोट (बागलुङ) । बागलुङको ढोरपाटन नगरपालिका–३, टारीमा आज साँझ जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा ढोरपाटन नगरपालिका–३, पुर्कोट निवासी जीप चालक किसान विकको मृत्यु भएको वडाध्यक्ष खीमबहादुर सुनारले जानकारी दिए ।

टारीस्थित खेतमा धान लिन गएको लु १ च ६९३८ नं को पिकअप जीप ब्याक गर्ने क्रममा सय मिटर तल तमानखोलामा खसेको थियो । जीपमा चालक मात्रै सवार थिए । रासस

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  २२:३५
प्रतिक्रिया दिनुहोस्