site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देशभित्रै अवसर छ, विदेशमात्रै जान खोज्न हुँदैन : महत
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

चितवन । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारको कामलाई प्रभावकारी बनाउन सत्तासाझेदार दलहरूले संयन्त्र बनाएको बताएका छन् ।

आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता महतले संघीय, प्रदेश र स्थानीय तहमा समझादारी बढाउन संयन्त्र अवश्यक भएको बताए ।

उनले भने, “धेरैभन्दा धेरै परिणाम प्राप्त हुन सकोस् र जनताको अपेक्षा पूरा गर्न सकियोस् भन्ने उद्देश्यले संयन्त्र बनाइएको हो ।” 

देशको अर्थतन्त्रलाई चलायमान बनाउन युवाशक्तिलाई देशमै अवसर रहको विश्वास दिलाउन आवश्यक रहेको उनको भनाइ छ । अर्थतन्त्रमा सुधार ल्याउन प्रधानमन्त्रीले पार्टीको स्वार्थभन्दा माथि देश र जनतालाई राखेर काम गर्नुपर्ने बताए ।

उनले भने, “देशभित्रै अवसर छ । विदेशमात्रै जान खोज्नु हुँदैन भन्ने सन्देश दिन सक्नुपर्छ,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  २२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro