site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालको लगातार दोस्रो जित, कुवेतविरुद्ध १०८ रनले विजयी 

काठमाडौं । आईसीसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । 

बिहीबार युनाइटेड अरब इमिरेट्स (यूएई)मा भएको खेलमा नेपालले कुवेतविरुद्ध १०८ रनको फराकिलो जित निकालेको हो । नेपालले दिएको १३१ रनको लक्ष्य पछ्याउने क्रममा कुवेत १३ ओभरमा २२ रनमै समेटिएको हो । 

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३० रनको योगफल खडा गरेको थियो । नेपालकी पूजा महतोले ३४ रन बनाएकी थिइन् । साना प्रविनले २५ रन थप्दा ज्योत्स्निका मरासिनीले २३ रन जोडिन् । कुवेतकी अयसा पेवेकरले दुई र जिफा जिलानीले एक विकेट लिए । 

यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्डविरुद्ध ६७ रनको जित दर्ता गराएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro