site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मन्ट्रियल पर्यटन मेलामा नेपाल सहभागी

काठमाडौं । आर्थिक कूटनीतिका माध्यमबाट देशलाई समृद्धिको मार्गमा अग्रसर गराउने सरकारको नीतिअनुसार पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले क्यानडाको मन्ट्रियलमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल सहभागी भएको छ । 

यही कात्तिक १६देखि १८ गतेसम्म पालिस डेस कंग्रेसमा आयोजित ३४ औँ अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी सामग्री प्रदर्शन गरिएको थियो । 

ओटावास्थित नेपालको दूतावासले पालिस डेस सम्मेलन केन्द्रमा एकल प्रदर्शनीकक्ष खडा गरेर नेपालका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिने प्रवर्द्धनात्मक वृत्तचित्र र अन्य प्रचारात्मक सामग्री प्रदर्शन गरिनुका साथै ती सामग्री आगन्तुकहरूलाई प्रदान गरिएको थियो । 

दूतावासका अनुसार नेपाल प्रदर्शनीकक्षमा हस्तकला, काष्ठकला, थान्का, पश्मिना सल, चिया, कफीलगायत नेपालका प्रमुख निर्यातजन्य सामग्री प्रदर्शन गरिएका थिए ।

ठूलो संख्यामा नेपालकक्षमा आएका आगन्तुकहरूले रुचिपूर्वक प्रदर्शनीको अवलोकन गरेका थिए । नेपालका उत्पादन तथा पर्यटकीय गन्तव्यबारे जानकारी लिएका थिए । रासस

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ०७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro