अर्थ व्यवसाय
काठमाडौं । बाल्ट्रा नेपालले भक्तपुरको कौशल्टारमा नयाँ रिटेल आउटलेट सञ्चालनमा ल्याएको छ । यो बाल्ट्राको तेस्रो रिटेल आउटलेट हो । अन्य दुई आउटलेट काठमाडौंको टेकु र इन्द्रचोकमा छन् ।
नयाँ स्टोरमा विशेष उत्पादनहरूको संग्रहले ग्राहकलाई नयाँ अनुभव दिने कम्पनीको विश्वास छ । इलेक्ट्रोनिक्स उपकरणबाट ग्राहकसँग जोडिन पाउँदा गर्व महसुस भएको कम्पनीले जनाएको छ ।
घरेलु इलेक्ट्रोनिक्स उपकरण अनुभव गरी ग्राहकको दैनिकीलाई अझ सरल र सहज बनाउने उद्देश्यका साथ यो रिटेल सञ्चालनमा ल्याइएका कम्पनीको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१ २२:३०
प्रतिक्रिया दिनुहोस्