देश
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको संख्या दुई पुगेको छ । घाइतको संख्या १८ पुगेको छ ।
वडा नम्बर ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नम्बरको बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो ।
बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो ।
अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षीय तारा श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । रासस
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१ १९:२९
प्रतिक्रिया दिनुहोस्