site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाले बी–५२ बमवर्षक विमान तैनाथ गरेकामा इरानको आपत्ति
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

तेहरान । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले मध्यपूर्वमा बी–५२ बमवर्षक विमान तैनाथ गरिएपछि अमेरिकाको आलोचना गरेका छन् ।

“यस क्षेत्रमा अमेरिकाको उपस्थिति अस्थिर उपस्थिति भएको हाम्रो बुझाइ छ,” बाघाईले एक पत्रकार सम्मेलनमा भने, “यसले आफ्नो रक्षा गर्ने (इरानको) संकल्पलाई रोक्न सक्दैन ।”

अमेरिकी सेनाले शनिबार मध्यपूर्वमा बी–५२ बमवर्षक विमान तैनाथ गरिने चेतावनी इरानलाई दिएको थियो ।

अक्टोबर १ मा इरानले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले इरान समर्थित लडाकु नेता र रिभोल्युसनरी गार्डका कमान्डरको हत्या गरेको थियो । यसको बदलामा पुनः इजरायलले इरानविरुद्ध आक्रमण गरेको थियो ।

उक्त आक्रमणमा परी कम्तीमा चार सैनिकको मृत्यु हुनुका साथै केही राडार प्रणालीमा ‘सीमित क्षति’ पुगेको अधिकारीहरूले बताएका छन् । इरानी सञ्चारमाध्यमले पनि एक सर्वसाधारणको मृत्यु भएको जनाएका छन् ।

बघाईले इरानको प्रतिक्रिया ‘निश्चित र निर्णायक’ हुने बताएका छन् ।

इरान समर्थित हमास र हिजबुल्लाह सशस्त्र समूहसँग इजरायल युद्धरत गाजा र लेबनानमा युद्धविरामका निम्ति दबाब दिन आफूहरूले ‘सबै पहल र प्रयास’लाई समर्थन गरेको उनले बताए ।

इजरायलले अक्टोबर २६ मा इरानको प्रतिरक्षा क्षमता र क्षेप्यास्त्र उत्पादनलाई लक्षित गरी आक्रमण गरेको जनाएको थियो ।

सोमबार इरानका राष्ट्रपति मसूद पेजेशकियानले इरानसँग क्षेप्यास्त्र रहेको भन्दै इजरायलले आफूहरूमाथि आक्रमण गर्ने आँट नगर्ने बताएका थिए ।

पत्रकार सम्मेलनमा बघाईले इरानले आणविक सिद्धान्त परिवर्तन नगर्ने र आणविक अस्त्रको अनुसरण नगर्ने आधिकारिक अडान यथावत् रहेको बताए ।

त्यहाँका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हालैको सम्बोधनलाई उद्धृत गर्दै बघाईले इस्लामिक गणतन्त्र इरान आफ्नो रक्षाका निम्ति आवश्यक सबै कुराबाट सुसज्जित हुने उल्लेख गरे । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro